वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन् ।
गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनामा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन् ।
यदि दुवै जनाको राजीनामा भोलिसम्म नआए देशभरकै चिकित्सकहरुले राजीनामा दिने उनीहरुको चेतावनी छ ।
अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंहका अनुसार ७० जना चिकित्सक रहेको उक्त अस्पतालका ३० जनाले सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसहेका छन् ।










