पर्सामा निर्माणाधीन पुलको खाल्डो दुई बालिकाको शव फेला

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–२६ चकरदहस्थित निर्माणाधीन पुलको खाल्डोभित्र दुई बालिका मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–२६, सुगौली निवासी किशोरी ठाकुरकी नातिनी प्रभु ठाकुरका दुई छोरी मृत अवस्थामा फेला परेका हुन् । मृत्यु हुनेमा ५ वर्षीया र ३ वर्षीया बालिका रहेका छन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया ९मुचुल्का० पूरा गरेको जनाएको छ । दुवै बालिकाको शव परीक्षण ९पोस्टमार्टम० का लागि नारायणी अस्पताल पठाइएको छ ।

स्थानीयवासीका अनुसार निर्माणाधीन पुलमा पानी जमेको गहिरो खाल्डो रहेको र त्यस क्षेत्रमा सुरक्षाका लागि जाली वा बार नलगाइएकाले बालिकाहरू खाल्डोमा डुबेको हुन सक्ने आशंका गरेको छ । स्थानीयले निर्माणस्थलमा आवश्यक सुरक्षा व्यवस्था नहुँदा यस्ता दुःखद घटना भएको बताएका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।