वीरगंज भन्सारले संकलन ग¥यो रु २ खर्ब ४३ अर्बभन्दा बढी राजस्व

वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु २ खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।

यो रकम कार्यालयलाई तोकिएको वार्षिक लक्ष्यको ८९।१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि वीरगंज भन्सारलाई रु २ खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो ।

लक्ष्यअनुसार पूर्ण उपलब्धि हासिल हुन नसके पनि वीरगंज भन्सारले मुलुककै प्रमुख राजस्व सङ्कलन गर्ने कार्यालयका रूपमा आफ्नो महत्वपूर्ण भूमिका कायम राखेको जनाएको छ ।