नख्खु कारागारबाट फरार भएका प्रतिवादी ठोरीबाट पक्राउ

पर्सामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पर्साको ठोरी गाउँपालिका–४ निवासी २४ वर्षीय निकेश श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषध मुद्दामा दुई वर्ष कैद सजाय तथा एक लाख रुपैयाँ जरिवाना ठहर भएपछि उनी काठमाडौंस्थित नख्खु कारागारमा रहेका थिए । तर, २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए ।

फरार रहेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका–४ बाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका श्रेष्ठमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।