साप्ताहिक पत्रिका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा दीपेन्द्र चौहान चयन भएका छन् ।
समाजको साधारणसभाले चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा विनय देवकोटा र सदस्यमा तुला अधिकारी चयन भएका छन् । साधारणसभाले संस्थापक तथा निवर्तमान अध्यक्ष कविर राणालाई समाजको संरक्षकको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।
यसैगरी, नवनिर्वाचित अध्यक्ष चौहानलाई आगामी साउन १ देखि ५ गतेसम्म बेलायतको वेल्समा आयोजना हुने समाजको अन्तर्राष्ट्रिय साधारणसभामा नेपाल च्याप्टरको प्रतिनिधित्व गर्ने जिम्मेवारी दिइएको छ ।
उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा चौहानले नेपाल शाखाका गतिविधि नेपाली पत्रकारिताको वर्तमान अवस्था तथा चुनौतीका विषयमा प्रस्तुति दिनेछन् ।










