ुगृह मन्त्रालयको मान्छे हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच खोज्ने एक जना पक्राउ

काठमाडौं महानगरपालिका–३२ को कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट गृह मन्त्रालयको जिम्मेवार अधिकारी भएको झुठो दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन् ।

प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयको उच्च ओहोदामा कार्यरत जिम्मेवार व्यक्ति भएको परिचय दिँदै विभिन्न प्रहरी कार्यालयभित्र प्रवेश गरी दबाब सिर्जना गर्ने तथा अनधिकृत रूपमा पहुँच बनाउन खोजेका थिए ।

उनको व्यवहार र गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका सिंहमाथि सरकारी ओहोदाको दुरुपयोग तथा भ्रम फैलाउन खोजेको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।