चैत २२, काठमाडौं । काठमाडौं स् सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीयमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
पछिल्लो समय लगातार रूपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सरकारले उक्त निर्णय गरेको हो।










