चैत १७, भारत । भारतले आफ्नो देश माओवादी द्वन्द्वमुक्त भएको घोषणा गरेको छ।
गृहमन्त्री अमित शाहले सोमबार संसद्मा नक्सलवादी भनेर चिनिने माओवादी विद्रोहीबाट भारत ुस्वतन्त्रु बनेको घोषणा गरेका हुन्।
‘म खुल्लमखुला भन्न सक्छु कि हामी नक्सलवादीमुक्त भएका छौँ, यो भन्न कुनै हिचकिचाहट छैनु, उनले भने, ‘सम्पूर्ण अभियान सकिएपछि म देशलाई सार्वजनिक रूपमा पनि जानकारी दिनेछु।’
भारतले दुई वर्षमा नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध आफ्नो अभियान तीव्र बनाएको बताइरहेको यो।
यो आन्दोलनको नाम पश्चिम बंगालको हिमालयको फेदीमा रहेको नक्सलबारी गाउँको नामबाट राखिएको हो।
यसको नाम ६ दशकअघि माओवादी-प्रेरित विद्रोह सुरु भएको स्थानबाट नै राखिएको थियो। विद्रोहले देशको लगभग एकतिहाइ भाग नियन्त्रण गरेको थियो।
सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकु भएको आन्दोलन चरम उत्कर्षमा पुगेको थियो। तर हालैका वर्षमा यो नाटकीय रूपमा कमजोर भएको थियो।
अधिकांश सशस्त्र विद्रोही मध्य छत्तीसगढ राज्यको बस्तर क्षेत्रसम्म सीमित भएका थिए। जुन घना जंगल र पहाड रहेको विशाल खनिज-समृद्ध क्षेत्र हो।
बस्तर अब नक्सलमुक्त छु, ९० मिनेटको भाषणमा भारतका गृहमन्त्री शाहले भने, ‘माओवाद तथा नक्सलवादका नाममा हिंसा गर्नेहरूको दिन अब सकिएको छ।’










