वीरगंजमा विद्युत नियमित गर्न सांसद पन्तको निर्देशन

वीरगंज, १ साउन । वीरगंज महानगरमा विद्युत आपूर्ति तत्काल सहज गर्न रास्वपा पर्सा सभापति एबम सांसद हरि पन्तले निर्देशन दिएका छन । वीरगंजमा बिगत तिन दिन देखि विद्युत आपूर्ति अनियमित हुँदा वीरगंजका स्थानीयहरूको जनजीवन कष्टकर भएको थियोे ।

विद्युत आपूर्ति असहजता थाहा पाए संगै काठमाडौंमा रहेका सांसद पन्त विद्युत प्राधिकरण र खानेपानीको आपूर्तिको लागि वीरगंज महानगरसंग निरन्तर टेलिफोन सम्पर्क रहेर समन्वय गरिरहेका थिए ।

यसैबीच हिजो राती वीरगंज आइपुगेका पन्तले आज जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल समेत लाई राखी नेपाल विद्युत प्राधिकरण पर्साका प्रमुख बिजय महतोसंग विद्युतमा भएको असहज्ताको बिषयमा गम्भीर चासो राख्दै यसको तत्कालै समाधान गर्न र आइन्दा यस्तो समस्या आउन नदिन निर्देशन दिंदै समस्याको कारणबारे पनि गम्भीर जिज्ञासा राखेका थिए ।

सांसद पन्तको जिज्ञासाको जबाफ दिने क्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुक बिजय महतोले हाल अन्डरग्राउण्ड रहेको विद्युत लाइन, पर्साैनी ग्रीडबाट ३३ केभिए लाइन छपकैया सबस्येसन मा लान लाग्दा गत माघ महिनामै अमर( बोखार) चौक आसपासका केही स्थानीयले तत्कालिन अबस्थामा अबरोध गरेकाले अहिले यो समस्या आएको बताए । तर हिजो अवरोध हटाएर त्यहाँ तार तान्ने काम भएको र अब केही बाकी रहेकोले ९ बजे सम्म विद्युत पूर्ण सुचारू हुने बताएका छन ।