बाढी–डुबानले २ हजार बिघा भन्दा बढी धानखेतीमा क्षति

अविरल वर्षासँगै आएको बाढी तथा डुबानका कारण मधेशको बारा, पर्सा, रौतहट र सप्तरीका गरी २ हजार बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको धानखेतीमा क्षति पुगेको छ ।

निरन्तर परेको वर्षाले खोलानाला र नहरमा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा तटबन्ध कटान भएपछि धानबाली प्रभावित भएको हो।

उता सप्तरीको सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनुसार टेंगरा खोलामा पानीको सतह बढ्दा वडा नं। २ र ४ मा करिब ५० बिघा क्षेत्रफलको धानको बीउबाली तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको खेतमा क्षति पुगेको छ ।

कञ्चनरूप नगरपालिका–९ को रोघनाथपुर क्षेत्रमा सुनेरी खोलाको बाढीले करिब ३० बिघा धानको बीउबाली डुबानमा परेको वडा अध्यक्ष रामसुन्दर यादवले जानकारी दिए । बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशसिंह यादवका अनुसार पानी निकासको उचित व्यवस्था नहुँदा वडा नं। १, ३, ४, ५ र ७ मा करिब ३५ बिघा क्षेत्रफलको धानखेती प्रभावित भएको छ ।

म्भ्ऋक्ष्ःब्ी ऋइीीभ्न्भ् ब्ममब्ज्ञ द्यभबपभचथ ब्मम
सबैभन्दा बढी क्षति छिन्नमस्ता गाउँपालिकामा भएको छ। गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार वडा नं। २, ३, ४, ५ र ६ मा पानी निकासको समस्या उत्पन्न हुँदा करिब ८०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार वडा नं। ८ मा करिब १०० बिघा क्षेत्रफलमा रोपाइँका लागि तयारी अवस्थामा रहेको खेत डुबानमा परेको छ । साथै वडा नं। ११ मा वर्षाका कारण क्षतिग्रस्त सडकको तत्काल मर्मतसम्भार गरिएको उनले बताए ।

त्यसैगरी, राजविराज नगरपालिका–११ मा कोशी पम्प नहरको तटबन्ध कटान भएपछि करिब १०० बिघा क्षेत्रफलको धानखेती प्रभावित भएको स्थानीय किसान सचिदानन्द यादवले बताए ।

जिल्लाका विभिन्न स्थानमा डुबान र तटबन्ध कटानका कारण कृषि उत्पादनमा गम्भीर असर पर्ने देखिएको छ। निरन्तर वर्षा जारी रहे थप क्षेत्रफलमा क्षति बढ्न सक्ने भन्दै स्थानीय तहहरूले जोखिमयुक्त क्षेत्रको अनुगमनलाई तीव्र बनाएका छन् ।

मुख्य खाद्यान्न बाली धानमै क्षति पुगेपछि किसानहरू चिन्तित बनेका छन्। उनीहरूले डुबानको निकास, तटबन्ध मर्मत, क्षतिको यथार्थ विवरण सङ्कलन तथा राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।