काठमाडौँ । मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
शुक्रबार मुगुवासी, पठाओ राइडर र जेनजीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ नाराबाजीसहित नेपालीको मृत्युको कारण सरकार भएकाले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
‘राज्य आतङ्क मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
माइतीघरमा प्रदर्शनपछि उनीहरू वीर अस्पतालतर्फ लागे पनि प्रहरीले भद्रकालीमा रोकेको छ ।
बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा आज शुक्रबार मृत्यु भएको हो ।










