अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना जारी गर्दै असार ११ र १२ गते बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालय ९मन्टेश्वरीसहित० बन्द रहने जनाएको हो ।
महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा बढ्दो गर्मीलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षाका लागि उक्त निर्णय गरिएको उल्लेख छ । जारी सूचनाअनुसार दुई दिनको बिदा वार्षिक वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्थापन गरिएको छ ।
महानगरपालिकाले सबै विद्यालय, अभिभावक तथा सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।










