दुर्गा प्रसाईविरुद्ध राष्ट्रहितविपरीत अभिव्यक्तिको आरोप, गृहमन्त्रालयको समन्वयमा अनुसन्धान गर्दै पर्सा प्रहरी

जेठ ५, वीरगंज । वीरगंजबाट पक्राउ परेका दुर्गा प्रसाई विरुद्ध अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार विभिन्न निकायविरुद्ध राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान भइरहेको हो । प्रसाईले नेपाली सेना, नेपाल प्रहरी, प्रधानमन्त्रीलगायत विभिन्न निकायविरुद्ध विभिन्न स्थानमा सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।

उनका अनुसार जथाभावि राज्यका विरूद्धमा बोल्ने विभिन्न भिडियो सन्देश लगायतको अधारमा गृहमन्त्रालयसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । प्रहरी स्रोतका अनुसार प्रसाईविरुद्ध विद्युतीय माध्यममार्फत आपत्तिजनक अभिव्यक्ति फैलाएको, सामाजिक सद्भाव तथा सार्वजनिक शान्तिमा असर पुग्ने खालका गतिविधि गरेको विषयमा समेत अनुसन्धान भइरहेको छ ।

प्रहरीले प्रसाईलाई सोमबार राति करिब ९ बजे वीरगंजस्थित दियालो लर्ड्स होटलबाट पक्राउ गरेको थियो ।