गृहमन्त्रालय प्रधानमन्त्रीसँगै रहने, छानबिनका लागि समिति बन्ने

बैशाख ९, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्रालय आफैंसँग राख्ने भएका छन् ।

गृहमन्त्रीबाट सुधन गुरुङले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री बालेनले तत्काल गृहमन्त्री नियुक्त नगर्ने भएका हुन् । तत्कालका लागि उहाँले गृहमन्त्रालय आफैंसँग राख्नु हुनेछ– प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

सुधन गुरुङ जोडिएको विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने प्रधानमन्त्रीको तयारी छ ।

उक्त समितिले प्रतिवेदन नबुझाउँदासम्म गृह मन्त्रालय आफैंसँग राख्ने र दोषी नदेखिए पुनः गुरुङलाई नै गृहमन्त्रालयको जिम्मा दिने प्रधानमन्त्रीको योजना रहेको स्रोतले जानकारी दियो ।