मन्त्रिपरिषद् विस्तार : गौरीकुमारी यादव उद्योग मन्त्री, रामजी यादव श्रम मन्त्री नियुक्त

चैत २७, काठमाडौं । सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयको जिम्मेवारी नयाँ मन्त्रीलाई सुम्पेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का बहालवाला सांसद हुन् ।

नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । शपथ ग्रहणलगत्तै उनीहरूले आ(आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपक शाह विवादमा परेपछि पदमुक्त भएका थिए । त्यस्तै उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्हाल्दै आएका थिए ।