चैत २०, वीरगंज । नेपाल सरकारकाअर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज वीरगंजमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अनुसार मन्त्री वाग्लेले ड्राईपोर्ट, वीरगञ्ज भन्सार कार्यालय तथा उद्योग वाणिज्य संघ लगायतका स्थानहरूको अवलोकन तथा निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा उनले सो क्षेत्रका समसामयिक समस्या, आर्थिक गतिविधिको अवस्था तथा निजी क्षेत्रका चुनौतीबारे सरोकारवालासँग विस्तृत छलफल तथा अन्तरक्रिया गर्नेछन् । साथै, आगामी बजेट भाषणमा समेटिनुपर्ने विशेष आर्थिक प्याकेजका विषयमा समेत सुझाव संकलन गरिने जनाइएको छ ।
यस भ्रमणलाई स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा व्यापार सहजीकरणका लागि महत्वपूर्ण मानिएको छ ।










