एमाले दलको नेतामा भएन सहमति, बादल र सुहाङबीच चुनावको तयारी

चैत १८, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ। जारी सचिवालय बैठकमा सहमति नजुटेपछि प्रतिस्पर्धा हुन लागेको हो।

दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ।

निर्वाचनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।  निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो।