चैत १६, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा तेस्रो दिन पनि नेकपा ९एमाले०का कार्यकर्ता सडकमा आएका छन्।
सोमबार माइतीघरमा भेला भएका एमाले कार्यकर्ताले ओली र लेखकको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरू सरकारविरुद्ध नाराबाजी गरेका छन्।
माइतीघरबाट सुरु भएको एमालेको प्रदर्शन नयाँ बानेश्वर पुगेको छ। उनीहरूले ओली र लेखकलाई तत्काल रिहाइ गर्न माग गरेका छन्।










