कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय

चैत १३, नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नवनियुक्त मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले सुरक्षा संयन्त्रको हकमा आयोगले कारबाहीका लागि सिफारिस गरेका विषयमा अध्ययन समिति गठन गर्ने र सो समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाउने निर्णय गरेको छ ।

त्यसैगरी अन्य निकाय तथा व्यक्तिहरूको हकमा भने आयोगको सिफारिसअनुसार नै कारबाही प्रक्रिया अघि बढाइने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

सरकारले आयोगको प्रतिवेदनलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने र आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।