रास्वपा संसदीय दलले बालेन्द्र शाहलाई नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो

चैत १२, काठमाडौं । रास्वपा संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ ।

यस निर्णयसँगै शाहलाई प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुलेको छ । संविधानको धारा ७६ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । शाहको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने बताइएको छ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा दुई तिहाइ नजिक मत ल्याउँदै पहिलो दल बनेको थियो। सहज बहुमतका कारण राष्ट्रपतिले उनलाई धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री नियुक्त गर्दै भोलि शुक्रबार शपथ ग्रहण गराउने कार्यसूची तय गरिएको छ ।

यसअघि रास्वपाको केन्द्रीय समितिको बैठकले सर्वसम्मत रूपमा शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो। उक्त निर्णयको प्रस्ताव पार्टी सभापति रवि लामिछानेले गरेका थिए ।