चैत, ८ वीरगंज । उपकार सेवा नेपालले यस महिनामा पनि ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमका १७ जना आश्रितहरूका लागि दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
संस्थाले चामल ६० किलो ९२ बोरा०, स्वाबिन ५ किलो, खानेतेल ४ लिटर, मसुर दाल १० किलो, नुन १० किलो, लुगाधुने साबुन तथा बेसार–मसला लगायतका सामग्री प्रदान गरेको जनाएको छ । कार्यक्रममा आश्रमका सदस्य शेरबहादुर थिङलाई बोलाई सामग्री हस्तान्तरण गरिएको थियो। उक्त सामग्री संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी तथा अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारुले हस्तान्तरण गरे ।
उपकार सेवा नेपालले आश्रमका लागि आवश्यक सामग्री प्रत्येक महिना नियमित रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ, जसले आश्रितहरूको जीवनयापनमा सहजता र सहयोग पुगेको छ ।










