चैत, ६ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गतेको चुनावमा घण्टी चिह्नमा भोट हाल्ने नेता–कार्यकर्तालाई कारबाही गरिने जनाएको छ । बिहीबार ९चैत ५० पेरिसडाँडामा बसेको जनवर्गाीय संगठनको बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका त्यस्ता सदस्यलाई खोजीखोजी कारबाही गरिने बताएका हुन् ।
प्रचण्डले भने, “कोकोले भोट हालेन रु केन्द्रीय सदस्यमध्ये प्रदेश सदस्य, तपाईंहरूको जनवर्गीय संगठनको केन्द्रीय नेताहरू को कुन क्षेत्रमा गएनन् रु कसले भोट हालेनन्, कसले घण्टीमा भोट हाले रु त्यो रिपोर्ट दिनैपर्यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ, नत्र पार्टी बनाउन सकिँदैन ।”
केन्द्रीय सदस्यबाट कारबाहीबाट थालिने उनले बताए । नेकपाको ५० प्रतिशत भोट घण्टीमा गयो भन्ने रिपोर्ट प्राप्त भएको उनले सुनाए । घण्टी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चुनाव चिह्न हो । नेकपाको चुनाव चिह्न पाँचकुने तारा हो ।
“हामीले भनेका छौँ– कसले भोट हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं । पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो,” उनले भने, “नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो ।”










