चैत, २ काठमाडौं । २३ र २४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेन–जी अभियन्ताहरूले आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले भदौ २४ मा फागुनमा प्रतिवेदन बुझाएको भए पनि सरकारले सार्वजनिक गरेको छैन।प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै आएका जेन–जी अभियन्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा आज पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका हुन्।
जेन–जी मुभमेन्टको आयोजनामा भइरहेको प्रदर्शनमा ‘कार्की आयोगको पूर्ण प्रतिवेदन खोइरु’, ‘कलमले लेखेका सत्यलाई सत्ताको कैँचीले नकाट’, ‘एरर ४०४स् जस्टिस नट फाउन्ड। रिलिज रिपोर्ट’ जस्ता नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका छन्। उनीहरूले आँखामा कालोपट्टी समेत बाँधेका थिए।
गत ५ असोजमा गठित आयोगलाई २३ भदौको जेन–जी आन्दोलनमा भएको दमन र २४ भदौको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो।३ महिनाको अवधि पाए पनि समयमै काम नसकेपछि पटक–पटक आयोगको म्याद थपिएको थियो। पहिलो पटक ३ पुसमा १ महिना, दोस्रो पटक ८ माघमा २० दिन र अन्तिम पटक २६ माघमा २५ दिन समय थपिएको थियो।










