चैत, २ वीरगंज । स्थानीय बजारमा सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १०० रुपैयाँले बढ्दै आज ३ लाख ९ हजार ५०० रुपैयाँमा पुगेको हो।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घट्दै ५ हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।










